प्रधानमन्त्री ओली चीन प्रस्थान गर्दा जे देखियो (तस्बिरहरुसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । तीन दिने चीन भ्रमणमा सोमवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन प्रस्थान गरेका हुन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमवार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।
प्रधानमन्त्री ओलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि दुई पक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । मङ्सिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
मङ्सिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नेछन् भने बेइजिङस्थित नेपाली राजदुतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE