३० आश्विन २०८३, शुक्रबार

गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु

0
Shares


काठमाडौं । दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबीच आईतवार झडप हुँदा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलको क्रममा एनजेरिकोर र लाबेबीच हिंसा भएको थियो । खेलको अन्त्यमा तनाव बढ्यो ।

जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । जसको कारण लेबेका खेलाडीहरूले कडा विरोध गरेका थिए । स्थिति बिग्रिएपछि सुरक्षा बलहरूले अश्रु ग्यास प्रयोग गरेका थिए । गिनीका प्रधानमन्त्री अमाडो ओरी बाहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरे ।