भुटानका राजारानी आज नेपाल आउँदै, को कोसँग हुँदैछ भेटघाट ?

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक र रानी जेट्सुन पेमा वाङ्चुक आज नेपाल भ्रमणमा आउँदैछन् । निजी भ्रमणको सिलसिलामा आज उनीहरु नेपाल आउन लागेका हुन् ।
भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा नेपाल आउन लागेका उनीहरुले नेपालमा तीनदेखि चार घण्टाको समय व्यतित गर्ने कार्यक्रम रहेको छ । उनीहरुले मंसिर २० देखि २१ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेकोमा शुक्रबार बिहान ८ बजे भुटानका राजा–रानी नयाँदिल्लीबाट नेपालतर्फ लाग्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भुटानका राजा–रानी शुक्रबार बिहान साढे ९ बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भुटानका राजा–रानी खासगरी तीर्थाटनको लागि नेपाल आउन लागेका हुन् । स्वयम्भु र बौद्धनाथ दर्शन गर्न आवश्यक तयारी भइरहेको छ ।
निजी भ्रमण भएका कारण हालसम्म राजनीतिक भेटवार्ताको कुनै तयार गरिएको छैन । छोटो अवधिको लागि नेपाल आउन लागेका कारण राजनीतिक भेटवार्ता नमिलाइएको स्रोतले बतायो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE