पूर्वउपराष्ट्रपति पुनकी बुहारी सविनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनकी बुहारी सविना आले मगरविरुद्ध स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ पुर्जी जारी भएको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिक्रारी)का निवर्तमान महासचिवसमेत रहेका दीपेश पुनकी श्रीमती सविनाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
सविना कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् । सो सहकारीको अपचलनबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौँ प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित २४ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ । दीपेश पुनः पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE