माओवादीको स्थायी समिति बैठक, पूर्वउपराष्ट्रपति पुन र पूर्व प्रदेश प्रमुख शेरचन उपाध्यक्ष बन्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको स्थायी समिति बैठक बसिरहेको हो ।
आजको बैठकमा आसन्न केन्द्रीय समिति बैठकका एजेण्डाका बारेमा छलफल हुने बताइएको छ । पार्टी सचिव गणेश साहले दिएको जानकारी अनुसार आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था तथा पार्टीको भावी रणनीतिका बारेमा पनि छलफल हुनेछ ।
त्यसैगरी, पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन र पूर्व प्रदेश प्रमुख अमिक शेरचनको राजनीतिक व्यवस्थापनको विषयलाई पनि छलफलको प्रमुख एजेण्डा बनाइएको छ । पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को रोकिएको महाधिवेशनको अर्को मिति तोक्ने विषयमा आजको बैठकमा छलफल हुनेछ । विद्यार्थी संगठनको अधिवेशन मिति तोकिन सक्ने सम्भावना रहेको श्रोतले बताएको छ ।
माओवादीले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE