बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेवार समुदायलाई योमरी बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं । योमरी पुन्ही वा योमरी पूर्णिमा । हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषतः नेवार समुदायले मनाउने गर्दछन् । यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने गरिन्छ ।

योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ । यही दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रुपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी,भैलो खेलेझैं बालबालिका, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ ।

योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल संवतअनुसार थिंलाथ्व पुन्ही अर्थात मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ ।

यस दिन विवाह भइसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि योमरीको चुच्चोअनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वास छ । आजको फोटो फिचरमा न्युज एजेन्सीका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका योमरीका यि विशेष तस्बिरहरु ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x