बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अफगानिस्तानमा सडक दुर्घटनाः ४४ जनाको मृत्यु, ७६ घाइते

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ४४ यात्रुको मृत्यु भएको पुष्टि भएको छ । अन्य ७६ जना घाइते भएका छन् ।

राजधानी काबुललाई दक्षिणी कान्दाहार प्रान्तसँग जोड्ने राजमार्गमा गजनी शहरको बाहिरी भागमा र प्रान्तको अन्दार जिल्लामा दुर्घटना भएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक मुल्लाह हमिदुल्लाह नेसारले बताए ।

नेसारकाअनुसार घाइते सबैलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिएको भएपनि अधिकांशको अवस्था चिन्ताजनक रहेको बताइएको छ । भीडभाड भएका सडकमा लापरवाही सवारी चलाउँदा र जिर्ण राजमार्गमा ट्राफिक संकेतको अभावका कारण हुने सडक दुर्घटना युद्धग्रस्त मुलुकमा मृत्युको प्रमुख कारण बनेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x