बाराको जितपुरमा कारमा भेटियो एक पुरुषको शव

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ जितपुरमा एक कारमा शव भेटिएको छ । बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।
मृतक टाउकोमा चोट लागेको अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार मृतकको पहिचान खुलेको छैन ।
अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको बताइए पनि प्रहरीले आधिकारिक पुष्टि गरेको छैन । जिल्ला प्रहरी कार्यालय बाराका एसपी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE