शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

एनपिएलः जनकपुर बोल्ट्सको जितको कामना गर्दै मन्दिरमा पूजापाठ

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलमा आज फाइनल खेल हुँदैछ । खेल मध्यान्ह सवा १२ बजे त्रिभूवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा हुनेछ । एनपिएलको पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पुगेका छन् ।

दुवै टिमले समूहचरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । एनपिएलमा सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम प्रदेशको प्रतनिधित्व गरेको छ भने जनकपुर बोल्ट्सले मधेस प्रदेशको प्रतिनिधित्व गरेको छ ।

यसैबीच आज एनपिएलको फाइनल जित्नका लागि मधेस प्रदेशका युवाहरुले जनकपुर बोल्ट्सको समर्थन गर्दै विजयीको कामना स्वरुप मन्दिरमा पुगेर पूजा आराधना गरेका छन् । युवाहरुले जनकपुर बोल्ट्सको जितको लागि पूजापाठ एवं मंगलवपाठ समेत गरेका छन् । जनकपुर बोल्ट्सका एक समर्थकले राजदेवी मन्दिरमा पुगेर जनकपुर बोल्ट्सको जितका लागि पूजापाठ गरेको बताए ।

जनकपुर बोल्ट्सका समर्थकहरुले जनकपुरका विभिन्न मठ मन्दिरमा पुगेर जनकपुर बोल्ट्सको जितका लागि कामना गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x