बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एनपिएल फाइनल आज, जनकपुरलाई सुदूरपश्चिमले दियो १८५ रनको लक्ष्य

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाडौं । नेपाल प्रिमियर लिगको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङमा उत्रिएको सुदूरले ९ विकेट गुमाएर १८४ रन बनायो ।

सुदूरपश्चिमले पावरप्लेमा विना विकेट क्षतिमा ४८ रन बनाएको थियो भने १० ओभरमा ९७ रन बनाएका थियो । सुदूरका लागि ११.६ ओभरमा ४३ बलमा ६९ रन बनाएर सैफ जेव आउट भए । उनलाई किशोर महतोको बलमा ललित राजवंशीले आउट गरे ।

३१ बलमाम ४१ बल बनाएका अर्का ओपनर विनोद भण्डारीलाई राजवंशीले आउट गरे । ओपनरद्वय चल्दा सुदूर बलियो स्थितिमा पुगेको थियो ।

मोहम्मद महसिनले ८ बलमा १४ रन बनाएका हर्मित सिंहलाई आउट गरे । १५.६ ओभर जेम्स निसमले ब्राण्डा म्याककमुलेनलाई आउट गरे । उनले १४ रन बनाए ।

१८.१ मा महसिनले कप्तान दिपेन्द्रसिंह ऐरीलाई आउट गरे। ऐरीले ९ रन बनाए । त्यहि ओभरमा महसिनले आरिफ शेखलाई पनि आउट गरे । शेखले एक रन बनाए । १९.१ ओभरमा किशोर महतोले स्कट कुगेलेइनलाई आउट गरे । उनले १३ रन बनाए। त्यस्तै महतोले ८ रन बनाएका नरेश बुढायरलाई पनि आउट गरे ।

इशान पाण्डे ६ रनमा रनआउट हुँदा नरेन साउद १ रनमा नटआउट रहे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x