माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री लेखक पनि पुगे एनपीएल फाइनल हेर्न

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगेका छन् ।
जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेल गर्नको लागि कीर्तिपूर मैदानमा प्रचण्ड पुगेका हुन् । प्रचण्डसहित गृहमन्त्री रमेश लेखक, नेता राजेन्द्र महतोलगायत नेताहरु पनि रंगशाला पुगेका छन् ।
अहिले जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्दै पहिला ब्याटिङ गरिरहेको छ । सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हालेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE