३० आश्विन २०८३, शुक्रबार

टेलिचलचित्र चुरीफुरीको २५ भाग पुगेसँगै आत्माराम आफैं बने निर्देशक

0
Shares


काठमाडौं । नेपाली हाँस्य तथा समसामयिक कथामा आधारित रहेर निर्माण भइरहेको टेलिचलचित्र ‘चुरीफुरी’को २५ भाग पुगेको छ । यसको २५ औं भाग पुगेसँगै यसअघि कथा लेखन, निर्माण र अभिनयमा सक्रिय रहेका आत्माराम धिताल आफैंले निर्देशनको समेत जिम्मेवारी सम्हालेका छन् ।

हरेक हप्ताको शनिबार साँझ ६ः३० मा बागमती टेलिभिजन एचडी र सोही दिनको साँझ ७ बजे क्लासिक फ्रेम मुभिज नामक युट्युबमा प्रसारण भइरहेको यो टेलिचलचित्रलाई अझ परिस्कृत र सशक्त बनाउन आफैंले निर्देशनको भूमिका निभाउन थालेको अभिनेता तथा निर्देशक आत्माराम धितालले बताए । अरुलाई निर्देशकको भूमिका दिँदा आफ्नो परिकल्पना अनुसारको सामाग्री बन्न नसकेको गुनासो व्यापक आएकोले सबैको सल्लाह बमोजिम निर्देशन थालेको धितालको भनाइ रहेको छ ।

यस टेलिचलचित्रमा निर्देशक धितालको साथमा अम्बिका कार्की, यामिनी अधिकारी, अनुपम धिताल, रोहित कार्की, गोपाल ढुंगाना, बिनोद थापा, कृष्ण केसी, शंकर तिवारी, गंगाराम घिमिरे, नारायण ढुंगाना, प्रविना अछामी, रामशरण श्रेष्ठ, रामेश्वर धिताल, लक्षुप्रसाद बोहरा तथा बालकलाकार अनुस्का न्यौपाने लगायतको अभिनय रहेको छ ।

त्यसका साथै रामेश्वर जिरेलको छायाँकन तथा सम्पादन, आनन्द गौतमको शिर्ष गीत, कर्साङ लामाको एरेञ्ज तथा स्वरका साथै अनुपम धिताल निर्माताका रुपमा रहेका छन् । निर्देशक आत्मारामले यो टेलिचलचित्रलाई अबिराम निर्माण गरिरहने बताए । दर्शक तथा शुभचिन्तकको सल्लाह बमोजिम अझ परिस्कृत र स्तरीय बनाउने योजना रहेको उनले सुनाए ।