बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज पानी पर्न लागेको हो ? के छ मौसमको अवस्था ?

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज साँझबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने भएको छ । उक्त प्रणाली सक्रिय भएपछि वर्षा सुरु हुनेछ ।

यो वर्षको दिउँदको दोस्रो वर्षा आज रातिबाट सुरु हुने विभागले जनाएको हो ।

कर्णाली प्रदेशका पहाडी क्षेत्रमा राति साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

तराईलगायत पहाडी भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x