बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रवि लामिछानेविरुद्धको मुद्धामा आजदेखि थुनछेक बहस

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दामा सोमबारदेखि कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।

पूर्वउप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेपछि सोमबार थुनछेक बहस शुरु हुने भएको हो ।

सहकारीको रकम अपचलनको आरोपमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले त्यसयता हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रहरीको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा लामछिानेसहति ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएको छ ।

यसैबिच अदालतमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्ध मुद्दा दर्ता भएको जानकारी संघीय संसद् सचिवालयलाई गराइसकेको छ । पत्र प्राप्त भएको र सभामुख देवराज घिमिरेले आज सूचना टाँस गरेर रवि निलम्बनमा परेको जानकारी गराउनसक्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x