शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्छः उपप्रधानमन्त्री सिंह

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताएका छन् ।सोमवार काठमाडौंमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले संख्या ठूलो हुने तर नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यहरुले नै क्रियाशिल सदस्यताका महत्व नबुझ्ने कुरा राम्रो नरहेको बताए । उनले इतिहास स्थापना गरेको पार्टीका नेताहरुले क्रियाशिल सदस्यहरु हौँ भन्नेकुरा बिर्सिन नहुने बताए । उनले आफूहरु राष्ट्र र समाजका सेवा गर्न राजनीतिमा लागेको बताउनु भयो । राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्ने बताए ।

उनले भने, ‘हामीले सबै क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा इन्भल्व गराउन सक्नुपर्छ । संख्या चाहीँ ठूलो हुने तर संख्या ठूलो भएर पनि नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यहरुले नै क्रियाशिल सदस्यताका महत्व नै बुझाउन नसकेको हो की के हो ? त्यसमा कमी, कमजोरी भएको हो की रु अब त बुझाउनुपर्‍यो नि त । हामी लरोतरो पार्टीको सदस्य होइन, इतिहास स्थापना गरेको पार्टी हो । जनताको म्याण्डेट पटकपटक लिइसकेको सदस्य हौँ भन्नेकुरा बिर्सिनु भएन । संस्थापक नेताहरुले गरेको त्याग, तपस्या बिर्सिनु भएन । राष्ट्र र समाजका सेवा गर्न हामी राजनीतिमा लागिरहेका छौँ । सेवाको भावको महत्व सबैभन्दा बढी हुनुपर्‍यो ।’

उपप्रधानमन्त्री सिंहले संस्थापक नेताहरुले गरेको त्याग, तपस्या बिर्सिन नहुने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x