बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सभामुख घिमिरेद्वारा रवि लामिछानेको सांसद पद निलम्बित

  • 86
  •  
  •  
  •  
  •  
  •  
  •  
    86
    Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख घिमिरेले निलम्बित गरेका हुन् ।

सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा समेत आइतबार अभियोग दर्ता भएपछि उनको सांसद पद के हुन्छ भने चासो रहेको थियो ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझनै पत्र पठाएको थियो ।

उक्त विषयमा केही निर्णय दिँदै सभामुख घिमिरेले निलम्बनको पत्र टाँस गरेका हुन् । प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x