३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । कारोबार साताको दोश्रो दिन सोमबारको तुलनामा कारोबार साताको तेश्रो दिन मंगलबार पनि सुनको मूल्य स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम छ । सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको १ हजार ८०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।