रुसमा विस्फोट हुँदा २ को मृत्यु, ४ जना घाइते

काठमाडौं । रुसको खाकासिया क्षेत्रमा रहेको मेकानिकल प्लान्टमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य चार जना घाइते भएका छन् ।
प्रारम्भिक जानकारीअनुसार सुरक्षा नियमहरूको उल्लङ्घनका कारण घटना भएको हुनसक्ने बताइएको छ ।
स्थानीय गभर्नर भ्यालेन्टिन कोनोभालोभले उद्धारकर्ता र कानून प्रवर्तन अधिकारीहरू हाल घटनाको कारण पत्ता लगाउन काम गरिरहेको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE