बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेकपा एसको गण्डकी प्रदेश अधिवेशन माघ २६ र २७ गते पोखरामा हुने

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)को गण्डकी प्रदेश अधिवेशन माघको २६ र २७ गते हुने भएको छ । यसअघि पुस १९ र २० गते हुने भनिएको भएता पनि अब भने माघ २६ र २७ गते पर्यटकीय नगरी पोखरामा हुने भएको हो । यो अधिवेशनबाट प्रदेशमा नयाँ कार्यसमिति चयन हुने कास्की जिल्ला पार्टीका उपसचिव कपिल पौडेलले जानकारी दिए ।

आसन्न अधिवेशनमा प्रदेश अध्यक्षको दाबेदारसमेत रहेका पौडेलले गएको निर्वाचनमा पार्टीले थ्रेसहोल्ड समेत कटाउन नसकेको कुराको गम्भीर समिक्षा गरी पार्टीलाई अत्यन्त चलायमान बनाउन चुस्त दुरुस्त संगठनको आवश्यकता पुरा गर्न गण्डकी प्रदेशले यस पटक उदाहरण प्रस्तुत गर्न सक्नुपर्ने बताए । पार्टीको आगामी भविष्य सुरक्षित बनाउन र आम जनताहरुमा नेकपा (एकिकृत समाजवादी)को आवश्यकता वोध गराउने भूमिका खेल्नको लागि भए पनि आफूले प्रदेश अध्यक्षको दाबी गरेको भनाइ पौडेलको रहेको छ ।

पार्टीको आसन्न प्रदेश अधिवेशन भव्यताका साथ सफल पार्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यहरू सक्रियताका साथ लागि परेको पैडेलले बताए । बागमती टेलिभिजन डटकमसँगको कुराकानीमा उनले सिंगो पार्टीलाई चलायमान बनाउन गण्डकी प्रदेशले महत्वपूर्ण भूमिका खेल्ने बताए । वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकिरहेको पृष्ठभूमिमा हुन लागेको यो अधिवेशनले जनताको माझमा विशेष सन्देश प्रवाह गर्ने पनि उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x