दिप्सन लिम्बुको ‘यो मुटु भित्र’मा दीपक, अप्सरा, आशिष र बिनिताको रोमान्स

काठमाडौं । गायक तथा संगीतकार दिप्सन लिम्बुको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । उनको आफ्नै नामको युट्युब च्यानलबाट ‘यो मुटु भित्र’बोलको गीतको भिडियो सार्वजनिक भएको हो । डीपलभ कुलुङले लेखेको गीतमा गायक स्वयम्को संगीत रहेको छ भने उनलाई दीपा लामाले स्वरमा साथ दिएकी छिन् ।
प्रेमिल भावमा रहेको उक्त गीतको भिडियोमा दीपक सिंह साउद, अप्सरा पोखरेल, आशिष ढकाल र बिनिता दाहालले अनस्कृन रोमान्स गरेका छन् । भिडियोको छायाँकन स्वमिक गौतमले गरेका छन् भने सम्पादन अर्जुज खड्का तथा निर्देशन दिनेश कार्कीले गरेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE