बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

टर्कीको हतियार कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । टर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलवार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले आपतकालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न र घाइतेहरूलाई चिकित्सा सहायता उपलब्ध गराउन काम गरिरहेको बताउनु भयो ।

सन् २०१४ मा सञ्चालनमा आएको उक्त कारखानाले हलुका हतियारका लागि गोलाबारी उत्पादन गरिरहेको बताइएको छ । अधिकारीहरूले विस्फोटको कारणको बारेमा पूर्ण अनुसन्धान शुरु गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x