त्रिविको आज स्वर्ण महोत्सव, १४ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शनिबार दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाउँदैछ । समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरिएको छ । यो वर्ष समारोहमा १४ हजार ३०८ विद्यार्थी दीक्षित हुँदैछन् । यो पटक गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका छन् ।
स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पीएचडी) तर्फ १२२ जना विद्यार्थी दीक्षित हुँदैछन् । समारोहमा २२ विद्यार्थीलाई सर्वोत्कृष्ट पदक दिइँदै छ, जसमा १७ छात्रा र ५ छात्र रहेका छन् । दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादव रहनेछन् ।
समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायतको सहभागिता रहनेछ । त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीलाई बिहान १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE