बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

ललितपुरको खुमलटारमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । ललितपुर महानगरपालिका–१५ खुमलटारमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग, भरत मेडिकल प्रालि खुमलटारको विशेष सहयोग र नेपाली कांग्रेस खुमलटार टोल कार्यसमितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा विभिन्न रोगहरुको निःशुल्क चेकजाँच पनि भएको थियो । सो क्रममा विभिन्न नागरिकहरुले यो सेवा लिएका थिए । स्त्रीरोग, हृद्यरोग, बालरोग लगायतका विभिन्न रोगहरुको विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क परामर्श र चेकजाँच भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस खुमलटार टोल कार्यसमितिका सभापति श्याम राउतले स्वास्थ्य नै धन भएकाले बेलाबेला निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आइरहेको बताए । यसका साथै, रक्तदान जीवनदान भएकाले यसमा संलग्न सबैलाई उनले धन्यवादसमेत दिए ।

यसका साथै, ललितपुर महानगरपालिका १५ का वडा सदस्य अनुप घिमिरेले वडाले यस्ता कार्यक्रमहरुमा भरपुर सहयोग गरिरहेको बताए ।

कार्यक्रममा वडा नम्बर १५ का ४९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x