शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । विमानमा सवार १८१ जनामध्ये ४७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएर दुर्घटना भएको थियो ।

मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाइएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएको थियो ।

एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । योनहाप समाचार एजेन्सीका अनुसार विमानमा १७३ जना दक्षिण कोरियाली र दुईजना थाइल्यान्डका नागरिक सवार थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x