१ कार्तिक २०८३, शनिबार

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९६ पुग्यो

0
Shares


काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९६ पुगेको छ । विमानमा सवार १८१ जनामध्ये ९६ जनाको मृत्यु पुष्टि भएको बीबीसीले जनाएको छ ।

बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएर दुर्घटना भएको थियो ।