बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अर्जुननरसिंहले प्रचण्डलाई भने, ओठे भक्तिको प्रदर्शनले देश बन्दैन

  • 90
  •  
  •  
  •  
  •  
  •  
  •  
    90
    Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले देश जटिल र चुनौतिपूर्ण परिस्थितिमा रहेको बताए । उनले आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको बताए । उनले सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न पनि अध्यक्ष दाहाललाई सचेत गराए । भ्रष्टाचार मुक्त समाज निर्माण नभएसम्म सुशासन स्थापित हुन नसक्ने बताए । भ्रष्टाचार नियन्त्रणको निम्ति एउटा नष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गर्न आग्रह गरे ।

‘देश अत्यन्त जटिलतम र चुनौतिपूर्ण परिस्थितिमा छ । आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति छ । दण्ड विहीनता, विधि विहीनता र हामी सुशासनको नाममा निरन्तर ओठे भक्ति त प्रदर्शन गरिरहेका छौँ तर सुशासनको पहिलो र प्रमुख शर्त भनेको भ्रष्टाचार मुक्त समाज हो । जबसम्म भ्रष्टाचार मुक्त समाज हुन सक्दैन, त्यति बेलासम्म सुशासन कायम हुँदैन । सुशासनको सट्टा अहिले दुःशासनको परिदृश्य निर्माण भएको अवस्था छ । एउटा कुरा मैले सम्मानित पूर्वप्रधानमन्त्री र अहिलेको प्रमुख प्रतिपक्ष दलको नेता हुँदाहुँदै के भन्न खोजिरहेको छु भने हामीले धेरै ब्लेन गेमहरु गर्‍यौं । एउटाले अर्कोलाई दोष लगाउने, सत्ता बाहिर गयो, सबैभन्दा बढी पवित्र हुने, सत्तामा हुँदा जो भएपनि बिर्सिने खालको परिस्थिति छ, त्यसलाई एउटा निश्चित मापदण्ड बनाऔँ । एउटा मानक बनाऔँ भ्रष्टाचार नियन्त्रणको निम्ति । त्यसको निम्ति हामी सबै तयार हौँ । भ्रष्टाचार निवारण गर्न मुखले ओठे भक्ति गरेर मात्रै होइन, अहिलेसम्म नेपालमा चर्चित भ्रष्टाचार, संसदमा उठेका पक्ष, विपक्षले उठेका भ्रष्टाचारको छानविन गर्न नेपाली जनताले चिनेको निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गरौँ ।’

नेता केसीले सत्तामा पुगेकाहरुलाई जानिजानि भ्रम फैल्याएर बद्नाम गर्न खोजिएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x