बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक होः पूर्वराष्ट्रपति भण्डारी

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य समाजको दर्पण मात्र नभइ राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक भएको बताएकी छिन् । शुक्रवार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएकी हुन् ।

उनले साहित्यले समाजमा रुपान्तरण र परिवर्तन ल्याउने बताइन् । उनले साहित्य कलात्मक, सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभइ विचारको संवाहक भएको बताइन् । उनले सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिकर्मीहरुबाट सिर्जना गरिएका साहित्यले सामाजिक पसिरवर्तनकै अभियानलाई बल पुर्‍याउने बताइन् ।

समाजमा भएका अराजकता, उश्रृंखलता जस्ता विकृति, विसंगतिहरुलाई रोक्न र सही नीति, सिद्धान्त, दर्शनको आधारमा मुलुकलाई समृद्ध बनाउन प्रगतिशिल कला साहित्य र संगीतको महत्वपूर्ण भुमिका हुने बताइन् ।

उनले भनिन्, ‘साहित्य समाजको दर्पण हो । त्यति मात्रै होइन, राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण कुरा हो । साहित्य कलात्मक, सुन्दर आदर्श अभिव्यक्ति मात्र नभएर विचारको संवाहक समेत हो । सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिकर्मीहरुबाट गरिने साहित्य सिर्जनाले पनि अन्ततः सामाजिक परिवर्तनकै अभियानलाई नै थप बल पुर्‍याउँछ । समाजमा भएका अराजकता, उश्रृंखलता जस्ता विकृति, विसंगतिहरुलाई रोक्न र सही नीति, सिद्धान्त, दर्शनको आधारमा मुलुकलाई समृद्ध बनाउन प्रगतिशिल कला साहित्य र संगीतको महत्वपूर्ण भुमिका रहन्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले सर्जकहरुले आफ्नो सिर्जनामार्फत देश र जनताको सेवामा थप टेवा पुग्ने बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x