आज एमालेको केन्द्रिय कमिटी बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजेटबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नेछन् । बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रिय सदस्यलाई धारणा राख्नेछन् ।
राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, लगायतका विषयहरु रहेका छन् । साथै नेपाली काँग्रेससँगको गठबन्धन सरकारको औचित्यमाथि पनि छलफल हुनेछ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE