बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पूर्व आईजीपी खनालले त्यागे एमाले

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सत्तारुढ दल नेकपा (एमाले) परित्यागको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफू कुनै पनि राजनीतिक दलमा सक्रिय नरहेको जानकारी गराएका हुन् ।

खनालल् फेसबुकमा लेखेका छन् ‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु, म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।’

त्यसकान साथै खनालले अगाडि लेखेका छन् ‘राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

खनाल प्रहरीको सेवाबाट निवृत्त भएपछि तत्काली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध भएका थिए । पछि सर्वोच्च अदालतबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग कायम रहेको आदेशपछि उनी केपी ओली नेतृत्वको एमालेति लागेका थिए ।

गएको संसदीय निर्वाचनमा उनी एमालेबाट काठमाडौंको क्षेत्र नं. ६ बाट उम्मेदवार बनेकामा पराजित बनेका थिए भने उपनिर्वाचनमा पनि तनहुँबाट उम्मेदवारी दिएकोमा त्यहाँ पनि पराजित बनेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x