बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

टेलिचलचित्र ‘चुरीफुरी’ २७ औं भागमा (भिडियो)

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । हास्य जनारामा निर्माण भएको सामाजिक टेलिचलचित्र ‘चुरीफुरी’ प्रसारणको २७ औं श्रृंखलामा पुगेको छ । बागमती टेलिभिजन एचडीमा हरेक शनिबार साँझ ६ः३० बजेको समयमा प्रसारण हुने यो टेलिचलचित्रको २७ औं श्रृंखला शनिबार साँझ प्रसारण भएको छ भने यसै भागबाट युट्युब च्यानलसमेत परिवर्तन भएको छ ।

यसअघि क्लासिक फ्रेम मुभिज नामक युट्युबबाट प्रसारण भइ रहेको यो टेलिचलचित्र २७ भाग पुगेसँगै आत्मा डी फिल्मस् च्यानलबाट प्रसारण गर्न थालिएको हो । टेलिचलचित्रको सुरुवातदेखि नै लेखन, निर्माण र अभिनयमा सक्रिय रहेका आत्माराम धितालले २५ औं भाखगदेखि निर्देशनसमेत आफैं गर्दै आएका छन् भने धितालका साथमा अम्बिका कार्की, यामिनी अधिकारी, अनुपम धिताल, रोहित कार्की, गोपाल ढुंगाना, बिनोद थापा, कृष्ण केसी, शंकर तिवारी, गंगाराम घिमिरे, नारायण ढुंगाना, प्रविना अछामी, रामशरण श्रेष्ठ, रामेश्वर धिताल, लक्षुप्रसाद बोहरा तथा बालकलाकार अनुस्का न्यौपाने लगायतको अभिनय रहेको छ ।

रामेश्वर जिरेलको छायाँकन तथा सम्पादन, आनन्द गौतमको शिर्ष गीत, कर्साङ लामाको एरेञ्ज तथा स्वरका साथै अनुपम धिताल निर्माताका रुपमा रहेका छन् । निर्देशक आत्मारामले यो टेलिचलचित्रलाई अबिराम निर्माण गरिरहने बताए । दर्शक तथा शुभचिन्तकको सल्लाह बमोजिम अझ परिस्कृत र स्तरीय बनाउने योजना रहेको उनले सुनाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x