शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

बेटिङ तथा सट्टेबाजी गर्ने अखडामा प्रहरीको छापा, ५३ जना पक्राउ

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । प्रहरीले बेटिङ तथा सट्टेबाजी लगायतका अवैध कार्य गर्ने अखडामा छापा मारी ५३ जनालाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको सातदोबाटोमा छापा मारी नेपाली युवतीहरुसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

सीआईबी श्रोतले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ५० जना नेपाली युवती र तीन जना भारतीय पुरुष रहेका छन् । उनीहरुको साथबाट ५० वटा ल्यापटप र ५० वटा मोबाइल बरामद गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले त्यहाँबाट अनलाइन बेटिङ, सट्टेबाजी र अवैध कारोबार गर्ने गरेको देखिएको छ । उसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x