रवि लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई छोड्न अदालतले आदेश दिएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई छोड्न आदेश दिएको छ । सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE