कला र फोटोग्राफीलाई न्याय गर्नसक्ने छुट्टै ऐन आवश्यकः राष्ट्रिय फोटो पत्रकार समूह

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले कला र फोटोग्राफीलाई न्याय गर्नसक्ने छुट्टै ऐन बनाउन माग गरेको छ । शुक्रवार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा कला र फोटोग्राफीमा प्रतिलिपी अधिकार विषयक अन्तरक्रिया कार्यक्रम गरी यस्तो माग गरेको हो ।
समूहले श्रम ऐन र पत्रकारहरुका लागि भनेर श्रमजीवि पत्रकार ऐन, २०५१ बनाएपनि यसले कला र फोटो पत्रकारीताको अधिकार सुनिीश्चत गर्न नसकेको पत्रकार महासंघका एशोसिएट प्रदेश अध्यक्ष रोयल आचार्यले बताए । उनले कला र फोटो पत्रकारहरुका समस्या र मुद्दाहरु बोक्नसक्ने छुट्टै ऐन बनाउन आवश्यक रहेको बताए ।
उनले भने, ‘हामीले श्रमको कुरा गर्दा दुई वटा ऐन छ । श्रम ऐन र पत्रकारहरुका लागि भनेर श्रमजीवि पत्रकार ऐन, २०५१ भनेर छुट्टै ऐन छ । ऐन नभएको होइन । प्रतिलिपि सम्बन्धी ऐन छ । तर त्यो ऐनले हाम्रा समस्या र मुद्दाहरु बोक्न सकेको छैन । कला र फोटोग्राफीको एजेण्डा बोक्ने, न्याय गर्नसक्ने छुट्टै एउटा कानून चाहिन्छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले फाटोग्राफरले आफ्नो स्म्पतीको सुरक्षा सर्वप्रथम आफैँले गर्नुपर्ने बताए । अहिले विभिन्न प्रविधिहरु आइसकेको भन्दै त्यसमा आफ्नो फोटो प्रमाणित हुनेगरी राख्न आवश्यक रहेको बताए ।
उनले भने, ‘फाटोग्राफर साथीहरुले हाम्रो सम्पती हामी आफैँले सुरक्षित गर्नुपर्छ । मैले खिचेको हो यो फोटो भन्नेमा हामी फोटो पत्रकारहरु नै पहिला सजग हुनुपर्छ । प्रविधिको प्रयोग गरेर हामीले फोटो आफ्नो हो भन्ने प्रमाणित गर्न सक्नुपर्छ ।’
शुक्रवार काठमाडौंमा ललितकला प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनमा एकदिने अन्तरक्रिया कार्यक्रम भएको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE