बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

टेलिचलचित्र ‘माइतीघर’को दोश्रो भाग प्रसारण, पहिलोभन्दा लोकप्रिय हुने विश्वास (भिडियो)

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

काठमाडौं । धाराबाहिक टेलिचलचित्र ‘माइतीघर’को दोश्रो भाग प्रसारण गरिएको छ । हरेक शुक्रबार साँझ साढे ७ बजे बागमती टेलिभिजन र ८ बजे सामाजिक सञ्चाल माइतीघर टेलिचलचित्रकै आधिकारिक युट्युब च्यानल तथा बागमती टेलिभिजनको फेसबुक पेजमार्फत प्रसारण हुने यो टेलिचलचित्रको दोश्रो भाग सार्वजनिक भएको हो ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको टेलिचलचित्रमा सितल के।सी।, सपना श्रेष्ठ, इश्वरी प्रसाद अधिकारी, नवराज अधिकारी, जानुका विश्वकर्मा, विद्या भट्टराई, बद्री पुडासैनी, करिस्मा खतिवडा, कमल प्रसाद शर्मा शिवराज शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने मरुभूमि नारायण मिश्रको छायाँकन, शंकर अधिकारी ‘घायल’को गीत, विकाश चौधरीको संगीत, नित्याशिवाको स्व तथा अर्जुन थापाको सम्पादन रहेको छ ।

टेलिचलचित्रको निर्माता नवराज अधिकारी र इश्वरी प्रसाद अधिकारी रहेका छन् । टेलिचलचित्रको पहिलो भाग अघिल्लो शुक्रबार प्रसारण हुनुका साथै सामाजिक सञ्जालहरु मार्फत पनि सार्वजनिक भएको थियो । टेलिचलचित्रलाई दर्शकहरुले अपेक्षा गरिएको भन्दा बढी माया गरेको भन्दै निर्माता तथा अभिनेतासमेत रहेका नवराज अधिकारीले खुसी व्यक्त गरे । टेलिचलचित्रलाई अझ स्तरीय बनाउन आफूहरुलाई उर्जा मिलेको उनले बताए ।

यो टेलचलचित्रले सामाजिक कथावस्तु बोकेको छ । एउटी युवती आफ्नो जन्मघर त्यागेर कर्मघरमा गएपछि आइपर्ने अवस्थालाई उतारिएको छ । अर्का निर्माता तथा अभिनेता इश्वरी प्रसाद अधिकारीले धारावाहिक विषयवस्तुका साथै समाजमा हुने विकृति विसंगतिका विरुद्धको सचेतनामुलक विषयवस्तु पनि समेटिने बताए । १० भागसम्मको छायाँकन समाप्त भइसकेको बताउँदै उनले यो टेलिचलचित्रलाई अविराम रुपमा निर्माण र प्रसारण गरिने जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x