कांग्रेसका मन्त्रीहरु बुढानिलकण्ठमा, किन बोलाए देउवाले ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई आफ्नो निवासमा डाकेका छन् । सरकारमा सहभागी मन्त्रीहरुसँग सामूहिक छलफल गर्नका लागि सभापति देउवाले उनीहरुलाई आफ्नो निवासमा बोलाएका हुन् ।
पार्टीका मन्त्रीले ६ महिनामा गरेको कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न सभापति देउवाले उनीहरूलाई बोलाएको बताइएको छ ।
सरकारमा कांग्रेसतर्फबाट आठ जना मन्त्री छन् । उनीहरूको कामका विषयमा गुनासो बढेपछि सभापति देउवाले छलफलका लागि बोलाएका हुन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक र सचेतकलाई पनि बोालइएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE