बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको होः मन्त्री पाण्डे

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणमा भएको गतिरोध चिर्न अध्यादेश ल्याएको बताएका छन् । छोटो छोटो समयमा हुने सरकार परिवर्तनले नेपालको विकासलाई खण्डित गरेका कारण दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताउदै गर्दै विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको दाबी गरे ।

बुढी गण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने नरसिंह धामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उक्त कुरा बताएका हुन् । बुढी गण्डकी सरकारले उच्च महत्व दिएका जल विद्युत आयोजना मध्य एक भएकाले आयोजना सफल हुने उनी भनाइ थियो ।

नरसिंह धामको संरक्षणको लागि एक अर्व ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसा भित्र राख्ने योजना आगाडी सारिएको थियोे । मन्त्री पाण्डेले यो योजना नेपालको लागि नयाँ भएकोले बिस्तृत अध्यान पछी मात्र यो विषय टुंगो लागाउने बताएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x