बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

शहीदहरुको स्मरणमा मधेस भवन परिसरमा वृक्षारोपण

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौं । मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा वृक्षारोपण गरेको छ । आईतवार बिहान मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम भएको हो ।

माघ ५ गते बलिदानी दिवस मनाइएको थियो । सोही स्मरणमा आज बिहान जनकपुरको मधेस भवन परिसरमा २५ वटा वृक्षारोपण गरेको मन्त्री लेखीले बताए । उनले शहीदहरुप्रति सम्मान व्यक्त गर्दै वृक्षारोपण गरिएको बताए ।

उनले भने, ‘बलिदानी दिवसको अवसरमा हामी केही दिन यता विभिन्न कार्यक्रम गर्दै आएका छौँ । आज बिहान मधेस भवन परिसरमा शहीदहरुप्रति सम्मान व्यक्त गर्दै, शहीदहरुको चीर शान्तिको कामना गर्दै मधेस भवन परिसरलाई स्वच्छ,हराभरा बनाउन वृक्षारोपण कार्यक्रम गरेका छौँ । आज २५ बिरुवा रोपेका छौँ । शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउन व्यापकता र प्रभावकारी बनाउनुपर्छ । सकारात्मक सोचका साथ अघि बढ्ने हो भने समाज रुपान्तरण सम्भव छ ।’

उनले शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x