बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भूराजनीतिलाई अपजस लगाउनु आफ्नो कायरतालाई लुकाउने काम मात्रै होः प्रधानमन्त्री

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले नलाग्ने बताएका छन् । सोमवार काठमाडौंमा नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालले आफ्नो भूअवस्थालाई नबिर्सिएको र भूराजनीतिका नाममा सत्ता स्वार्थमा जाने, सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जेसुकै पनि निर्णय गर्ने काम एमालेले नगर्ने बताए । उनले राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहिन, अनैतिक कामहरु एमालेले नगर्ने बताए । उनले भूराजनीतिलाई अपजस लगाउनु भनेको आफ्नो कायरतालाई लुकाउने काम मात्रै भएको बताए । उनले राष्ट्रिय हितमा अडान लिन सक्नुपर्ने बताए । भूराजनीति भनेको सावधानी, सन्तुलित र दृढताका साथ राष्ट्रिय हितको रक्षा गर्न चनाखो हुनु रहेको बताए ।

उनले भने, ‘हामीले हाम्रो भूवअस्थालाई बिर्सिएका छैनौँ तर भूराजनीतिका नाममा सत्ता स्वार्थमा जाने, सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जेसुकै पनि निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहिन, अनैतिक कामहरु हामी गर्दैनौँ । त्यो कुरामा हामी अडिग रहन्छौँ । यो नेपालको राष्ट्रिय नीति हो । कोही त्यसबाट बाहिर गएर काम गर्छ भने उसले राष्ट्रिय नीतिमा नचलेको मात्रै हो, राष्ट्रिय नीति उसले गरिरहेको क्रियाकलाप वा अपनाएको नीति राष्ट्रिय नीति होइन । भूराजनीतिको कुरा गरिरहँदा राष्ट्रिय हितमा अडान नलिने अनि भूराजनीति भनेर भूराजनीतिलाई अपजस लगाएर आफ्नो कायरतालाई लुकाउले भूराजनीति होइन । भूराजनीति भनेको सावधानी, सन्तुलित र दृढताका साथ राष्ट्रिय हितको रक्षा गर्न चनाखो हुनु हो । भूराजनीति भनेको राष्ट्रिय हितको रक्षा गर्नु हो । भूराजनीतिको अवस्थाअनुसार परिस्थितिअनुसार आफ्ना राष्ट्रिय हितहरुको रक्षा गर्नु भूराजनीति हो ।’

प्रधानमन्त्री ओलीले नेपालले आफ्ना छिमेकी मित्र राष्ट्रहरुसँग खुलस्त मित्रतापूर्ण ढंगले आफ्ना तर्क राख्नुपर्ने बताए । नेपाल असंलग्न परराष्ट्रनीतिमा अडिग रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x