बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए ।

सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको हो । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उनको शालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन् । तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इतिहासको सम्मान गर्नुपर्ने बताइन् । टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पणपछि बोल्दै उनले इतिहासको सम्मान गर्नुपर्ने बताएकी हुन् ।

उनले समयसँगै देशको लागि योगदान गर्नेहरुको योगदानको कदर गर्न सक्नुपर्ने बताइन् । उनले शहीदहरुको योगदानबारेको ज्ञान पुस्तान्तरण हुँदै जानुपर्ने बताइन् । योगदानबारेको चर्चा पुस्तान्तरण भएमात्रै इतिहासलाई सम्मान गर्न सकिने र सच्चा नागरिक भएर काम गर्नसक्ने बताइन् ।

उपप्रमुख डंगोलले भनिन्, ‘इतिहासको सम्मान गर्न सक्नुपर्छ । समयसँगै योगदान दिनेहरु पनि अस्ताउँदै जानुहुन्छ । त्यसैले उहाँहरुको योगदानको कदर गर्नुपर्छ । पुस्तान्तरण हुनुपर्छ । पुस्तान्तरण भएपछि मात्रै इतिहासलाई बुझ्ने मान्छेले, इतिहासलाई सम्मान गर्ने व्यक्तिले आज वर्तमानमा सच्चा नागरिक भएर काम गर्नसक्छ । भविष्यको बाटो कोर्नसक्छ ।’

उपप्रमुख डंगोलले शहीद सप्ताह स्मरण गर्दा शहीदको जीवनबाट सिक्ने र पुस्तान्तरण गर्नुपर्ने बताइन् । इतिहासलाई बुझेपछि आगामी दिनमा अगाडि बढ्न प्रेरणा मिल्ने उल्लेख गरिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x