शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

नेकपा (एमाले)को सिरहा–काठमाडौं सम्पर्क मञ्चको सांस्कृतिक कार्यक्रम

  • 47
  •  
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares

काठमाडौं । नेकपा (एमाले)को सिरहा–काठमाडौं सम्पर्क मञ्चले वनभोजसहितको सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । मञ्चले शनिबार ललितपुरको गोदावरीमा वृहत् सांस्कृतिक कार्यक्रम, वनभोज तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका मधेश प्रदेश इन्चार्ज सिरहा क्षेत्र नं. ३ बाट निर्वाचित संघीय सांसद लिलानाथ श्रेष्ठ, सिरहा १ बाट निर्वाचित संघीय सांसद रामशंकर यादव तथा जिल्ला इन्चार्जसमेत रहेका समानुपातिक संघीय सांसद गंगाप्रसाद यादव, केन्द्रीय कमिटी सदस्य रामप्रित राम र पार्टीको सम्पर्क समन्वय समितिका इन्चार्जहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मञ्चका अध्यक्ष युगल किशोर यादवको संयोजकत्वमा भएको हो ।

उक्त कार्यक्रममा शातब्दी पुरुष गौरीशंकर लालदास कर्णको पनि उपस्थिति रहेको थियो । उनी १०२ वर्षका हुन् ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट उपस्थित व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुतिले मनोरञ्जन प्रदान गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x