३० आश्विन २०८३, शुक्रबार

रवि लामिछाने चितवनको हिरासतमा

0
Shares


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा पठाएको छ । सहारा चितवन सहकारी ठगीको अभियोगमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो ।

उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाएउने आदेश गरेको हो ।

यसअघि थुनछेक बहस हेर्दाहेर्दैमा हुँदा कास्की र काठमाडौँ अदालतले उनलाई हिरासतमा राख्ने आदेश दिएका थिए । रुपन्देहीमा भने पत्नीको जिम्मामा पठाइएको थियो ।

यी तीनवटै अदालतबाट उनी धरौटीमा रिहा भएका थिए ।