कमलपोखरीको शान्दार मम पसलमा ग्यास पड्कियो, १४ जना घाइते

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मम पसलमा ग्यास सिलिण्डर पड्किँदा १४ जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका हुन् ।
घाइते मध्ये ११ जनालाई बर्न अस्पताल किर्तिपुर लगिएको र ३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्तासमेत रहेका एसपी अपिलराज बोहराले बागमती टेलिभिजन डटकमलाई दिएको जानकारी अनुसार केशव श्रेष्ठले सञ्चालन गरेको मम पसलमा ग्यास सिलिण्डर विष्फोट भएको थियो । उक्त पसलमा कामदारहरु घाइते भएको र त्यस मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
हिमाल अस्पतालमा प्रारम्भिक उपचारपछि घाइतेहरुलाई कीर्तिपुर पठाइएको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE