आगामी चैत्र ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने

काठमाडौं । आगामी चैत्र ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी लेजर पोर्ट नेपालले यसबारे जानकारी गराएको हो । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च २२ मा ‘काठमाडौं पिंक केयरएथन’ गर्ने बताएको छ ।
काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बा लगायतका विभिन्न कार्यक्रम आयोजना हुने आयोजकले बताएको छ । केयरएथनमा जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउनसक्नेबताइएको छ ।
घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई पिंक केयरएथनमा यसपटक पच्चिस सयदेखि तीन हजार महिलाहरू सहभागी हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु केयरएथनको उद्देश्य रहेको बताए ।
कलाकार उषा रजकलाई काठमाडौं पिंक केयरएथनको गुडविल एम्वासडेटर घोषणा गरिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE