बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रास्वपा सांसद पराजुलीको प्रश्नः संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसद बैठक संसदको नियमावलीअनुसार नचलेको टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सरकारले नियमापत्ति गर्दा संसद नियमावलीको व्यवस्थाअनुसार गर्नुपर्नेमा त्यस्तो नगरेको आरोप लगाए । यसअघि सत्तारुढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलालले नियमापत्ति जनाएका थिए । पराजुलीलेले सरकारले दुई तिहाईको धाक लगाउदै संसदलाई पेल्न खोजेको आरोप लगाए । उनले संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘सरकार पक्षको यो पेलाई कस्तो हो ? गरिमामय संसद प्रक्रियाको लागि हामीसँग नियमावली छ । आकस्मिक समय, शुन्य समय र विषेश समयको व्यवस्था गर्ने अधिकार सभामुखकै हो । तर सरकारले जसरी जतिबेल मन लाग्यो त्यही बेला पेलान गर्न पाइन्छ ? नियमापत्ति गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो कि भाषण सुनाउने हो ? प्रतिपक्षीलाई दुई तिहाईको धाक दिने हा सम्माननीय सभामुख महोदय ? संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? हाम्रो यसमा घोर आपत्ति छ घोर विरोध छ ।’

सदन सञ्चालनमा सरकारले हस्तक्षेप गरे स्वीकार्य नहुने उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x