३० आश्विन २०८३, शुक्रबार

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।