कमलपोखरीको शान्दार मम सेन्टरमा घाइते मध्ये मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । काठमाडौँको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका मध्ये मृत्यु हुनेको संख्या तीन पुगेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घर भई कमलपोखरी बस्ने २२ वर्षका प्रदीप तामाङको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो ।
कीर्तिपुर अस्पतालमा उपचार भइरहेका तामाङको साढे २ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको छ । यसअघि सोही विस्फोटमा परी अरु दुई जनाको मृत्यु भएको थियो । माघ २४ गते बिहान साढे ८ बजे विस्फोट भएको थियो ।
विस्फोटमा परी ११ जना घाइते भएकामा कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घले मगरको मृत्यु भएको थियो ।
८ जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । ग्यास सिलिन्डर पड्किएपछि जलेर घाइते भएका उनीहरुलाई तत्काल हिमाल अस्पताल बानेश्वर लगिएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE