बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

उपचाररत उपप्रधानमन्त्री पौडेलसँग राष्ट्रपति र सभामुखको भेट

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट गरेका छन् । आईतवार बिहान राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का लगायतले उपचचाररत उपप्रधानमन्त्री पौडेललाई भेट गरी स्वास्थ्यलाभको कामना गरेका हुन् ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । दुवै जनाको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

राष्ट्रपति, सभामुख, मन्त्रीहरुले उपचाररत पौडेल र आचार्यलाई भेट गरी स्वास्थ्यलाभको कामना गरे । उपचाररत द्वयको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x