बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नागरिकता वितरण सम्बन्धीका कानूनी जटिलतालाई प्रश्तावित विधेयकले हल गर्छः सांसदहरु

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । नागरिकतासम्बन्धी संशोधन विधेयकले नागरिकताको सम्बन्धमा देखिएका कानूनी समस्या र जटिलताहरुलाई समाधान गर्नेगरी आएको सांसदहरुले बताएका छन् । आईतवार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागि हुँदै उनीहरुले यस्तो बताएका हुन् ।

विधेयकले कानूनको रुप लिएपछि बुवा र आमाको पहचिान नभएको तथा बुवाको पहचिान नभएको नागरिकलाई नागरिकता दिने बाटो खुल्ने उनीहरुको भनाइ छ । समयसँगै आएका समस्याहरुलाई कानून संशोधनको माध्यमबाट हल गर्न सकिने भएकोले नागरिकता विधेयक संसदबाट सर्वसम्मत रुपमा पारित गर्नुपर्ने उनीहरुको धारण छ ।

छलफलमा भाग लिँदै नेकपा (एमाले) का सांसद योगेश भट्टराईले सर्वोच्चले गरेका फैसलाहरुको कार्यान्वयन गर्नको लागि नागरिकता विधेयक असाध्यै सान्दर्भिक र उचित रहेको बताए । उनले विधेयकले विगतमा विदेशमा जाँदा जन्म भएका बच्चाहरुको अवस्था, आमाबाबुको ठेगान नभएका बच्चाहरुको अवस्थाको समस्यालाई समाधान गर्नुपर्ने आवश्यकतालाई पूरा गर्ने बताए ।

उनले भने, ‘नेपालको संविधानको भाग दुईले नागरिकतासम्बन्धी केही व्यवस्था गरेको छ । तर ऐनमा आएका केही कुराहरुलाई थप प्रष्ट बनाउन न्यायालयले बेला बेला दिएका फैसलाहरुको कार्यान्वयन गर्न र नागरिकतासम्बन्धमा उठेका विभिन्न विषयहरुलाई सम्बोधन गर्न अधिकारकर्मीहरुले उठाइरहेका विषयवस्तुहरुको सम्बोधन गर्न गृहमन्त्रीज्युले जुन संशोधन विधेयक प्रश्तुत गर्नुभएको छ । यो असाध्यै सान्दर्भिक छ, उचित छ । म यसलाई समर्थन गर्न चाहन्छु । यो विधेयक मुलतः विगतमा उठ्दै आएका र विदेशमा जाँदा जन्म भएका बच्चाहरुको अवस्था, आमाबाउको ठेगान नभएका बच्चाहरुको अवस्थाको समस्यालाई समाधान गर्नुपर्ने जुन आवश्यकता थियो । त्यसलाई सम्बोधन गर्नको निम्ति ल्याएको छ ।’

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नागरिकताको सन्दर्भमा देखिएका समस्या र जटिलताहरुलाई यस विधेयकले समाधान गरेको बताए । उनले बुवा नभएको कारण नागरिकता नपाएका र नागरिकता पाउन योग्य नागरिकलाई नागरिता दिलाउन महत्वपूर्ण भुमिका यस विधेयकले खेल्ने बताए । उनले विधेयकलाई छिटो पास गर्न समेत आग्रह गरे ।

उनले भने,‘नागरिकता विधेयकले नागरिकतासम्बन्धी देखिएका धेरै कुराहरुलाई सम्बोधन गरेको छ । संविधानलाई सम्बोधन गरेको छ । अहिले देखिएका समस्या र जटिलताहरु पनि यस विधेयकले सम्बोधन गरेको छ । मसँग नागरिकतापीडितहरु आउनुहुन्छ । उहाँहरुका विविध समस्याहरु छन् । कसैको बुवा नभएको कारणले नागरिकता नबनेको, कसैको बुवा आमा दुवै नभएको कारण नागरिकता नबनेको । यस्ता भिन्न भिन्न खालका समस्याहरु आएको मैले देखेको छु । र मैले गृहमन्त्रीज्यूसँग कुरा पनि गराएको छु । ति सबै समस्याहरुलाई समाधान गर्ने हिसाबले अहिले यो संशोधन विधेयक आएको छ । यसलाई म पूर्ण रुपमा स्वागत गर्दछु । फेरि पनि समस्याहरु आउन सक्छन् । समयसँगै आएका समस्याहरुलाई संशोधनको तर्फबाट हल गर्दै लैजान सकिन्छ । त्यसैले यस विधेयकलाई पास गरौं ।’

छलफलमा सहभागि हुँदै जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले नागरिकता विधेयकले रङ र भेदको आधारमा विभेद गर्न नहुने बताए । उनले नागरिकता सम्बन्धमा बनेका कानूनहरुको कार्यान्वयन नसकेको बताए । नागरिकतासम्बन्धी ऐन कार्यान्वयन गर्न नसक्दा आमाको नामबाट नागरिकता पाउने विषय कार्यान्वयनमा जान नसकेको उनको भनाइ छ । उनले कानून कार्यान्वयनको पक्षमा जोड दिन गृहमन्त्रीको ध्यानाकर्षण समेत गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले नागरिकता कागजी प्रमाण मात्र नभई व्यक्तिको महत्वपूर्ण अधिकार समेत भएको बताए । नागरिकताले व्यक्तिको पहिचान समेत दिने भएकोले यसको कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले नागरिकतासम्बन्धी कानूनी जटिलताले विगतमा हजारौं नेपाली नागरिकले नागरिकता लिनबाट वञ्चित भएको तथ्य बिर्सन नहुने बताए । विधेयकमा थप आवश्यक छलफल गरी अझै सुधार गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘नागरिकता कागजी प्रमाणपत्र मात्र होइन । नागरिकताको अधिकार व्यक्तिको महत्वपूर्ण अधिकार हो । नागरिकताले नै व्यक्तिको पहिचान समेत दिने भएकोले यस विषमा हामी गम्भिर हुन आवश्यक छ । विगतमा नागरिकतासम्बन्धी कानूनी जटिलताले विगतमा हजारौं नेपाली नागरिकले नागरिकता लिनबाट वञ्चित भएको तथ्य मैले बिर्सिएको छैन । हामीलाई बिर्सिने छुट पनि छैन । त्यसकारण यस सदनमा प्रश्तुत भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको यो विधेयकलाई मैले नागरितासम्बन्धी विविध समस्यासँगै यसमा जडित विभिन्न विषयहरुलाई सम्बोधन गर्ने महत्वपूर्ण कदमको रुपमा लिएको छु । यस विधेयकले केही प्रश्तावहरु गरको छ जुन स्वागतयोेग्य छ । तर यस विधेयकलाई अझै प्रभावकारी बनाउन अझै सुधार आवश्यक देखिन्छ । हामीले बनाउने कानूनले प्रत्येक नेपालीलाई न्याय दिनुपर्छ ।’

छलफलमा सहभागि हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपालमा व्यवस्था परिवर्तन भएसँगै नागरिकता बाढ्ने सौदाबाजी चल्ने गरेको बताए । उनले नागरिकता दिने सवालमा सौदाबाजी नगर्न समेत सरकारसँग आग्रह गरे ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारको तर्फबाट नेपाल नागरिकता (दोस्रो संशोधन)ं विधेयकमाथि छलफल गरियोस् भनि प्रश्ताव राखेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x