बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

वीरेन्द्र र ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा र प्रचण्ड आउनु क्रान्ति होइनः मन्त्री गुरुङ

  • 52
  •  
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजा वीरेन्द्र वा पूर्वराजा ज्ञानेन्द्र शाहको ठाउँमा केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल आउनुलाई क्रान्ति नभनिने टिप्पणी गरेका छन् । सोमवार काठमाडौंमा हुलाक टिकट प्रदर्शनी कार्यक्रम तथा पञ्चमार्क मुद्रा र भित्रिकोट दरबार अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले क्रान्ति राजा वीरेन्द्र, पूर्वराजा ज्ञानेन्द्रको ठाउँमा केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउनुलाई क्रान्ति नभनिने बताए । उनले क्रान्ति इतिहासमा, समाजमा, कृषि, विद्युत, उत्पादन प्रणाली र विज्ञान प्रविधिमा देखिनुपर्ने बताउनु भयो । मन्त्री गुरुङले राजनीतिक क्रान्तिको रापले यि विषयहरु छुन नसकेको बताए ।

मन्त्री गुरुङले भने, ‘जेजे भइरहेको छ, त्यो मात्रै होइन हरेक चिजमा चेन्ज आउनुपर्‍यो । केही न केही परिवर्तन हुनुपर्‍यो । अनि न क्रान्ति भयो । क्रान्ति भनेको खालि वीरेन्द्रको ठाउँमा वा ज्ञानेन्द्रको ठाउँमा अब अहिले केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउँदैमा मात्रै क्रान्ति हुँदैन नि । क्रान्ति भनेको त हाम्रो इतिहासमा देखिनुपर्‍यो, समाजमा देखिनुपर्‍यो । हाम्रो कृषिमा देखिनुपर्‍यो । हाम्रो बिजुलीमा, उत्पादन प्रणालीमा, हरेक चिजमा देखिनुपर्‍यो । हाम्रो विज्ञान प्रविधिमा देखिनुपर्‍यो । राजनीतिक क्रान्तिको रापले यस्ता कुराहरु छोएको छैन । त्यो छुने अब हामीले बनाउनुपर्छ । यसलाई आधुनिकीकरण र व्यवस्थापन गर्नेकुरामा पनि हामीअघि बढ्नुपर्छ ।’

मन्त्री गुरुङले यसलाई आधुनिकीकरण र व्यवस्थापन गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x