बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

युवालाई राजेश हमालका सुझावः खुबी पहिचान गरेर अघि बढ्नुस्, सफलता पाउनुहुनेछ

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरुलाई सुझाव दिएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जीवन सहज नभएको तर कहिले कहीँ आउने सहजतालाई उपभोग गरेर कृतज्ञ हुन आग्रह गरे । उनले आफ्नो खुबीको पहिचान गरी अघि बढ्नसके हरेक मानिस सफल हुने बताए । उनले युवावस्थामा मेहनत गरी प्रतिफल पाउन नसकिने बताए । उनले क्षमता र अवसर पाए गर्नसक्छु भन्ने आत्मविश्वास हुनुपर्ने बताए ।

उनले भने, ‘आफ्नो स्किलको पहिचान गरेर त्यसलाई डेभलप गर्न सक्नुभयो, अप्टिमम लेभलमा पुर्‍याउन सक्नुभयो भने त्यसले कुनैपनि क्षेत्रमा तपाईंले योगदान दिन सक्नुहुन्छ । कुनैपनि क्षेत्रले तपाईंलाई प्रतिफल दिनसक्छ । तर यो सहज छैन । त्यसको लागि मेहनत गर्नुपर्छ । कुनैपनि कुरा गर्दा मेहनत नगरी सम्भव हुँदैन । गर्ने क्षमता र अवसर पाए म गर्नसक्छु भन्ने आत्मविश्वास छ भने तपाईं आफैँ उदाहरण बन्नुहुनेछ । यहाँहरु भोलि कुनैपनि क्षेत्रमा लाग्न चाहनुभयो । आत्मविश्वासका साथ लाग्नुस् । तपाईंहरु उजाृ, समय छ, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुहोला । आफ्नो प्यासनमा लागि पर्नुस् । त्यसलाई परिष्कृत गर्नुस् ।’

अभिनेता हमालले आजको प्रविधिको युगमा प्रविधिबाट धेरै कुराहरु गर्न सकिने बताए । उनले आफ्नो जीवन विकास र भविष्य निर्माणका लागि हरेक समयमा सक्रिय हुनुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x